काठमाडौँ – कानुन न्याय तथा संसदीय मामिला मन्त्री पूर्णबहादुर खड्काले पदभार ग्रहण गरेका छन् ।
उपप्रधानमन्त्रीसमेत रहेका खड्काले बुधबार दिउँसो कानुन मन्त्रालयमा पदभार ग्रहण गरेका हुन् ।
यस अघि चैत १७ मा खड्कालाई उपप्रधानसहित रक्षा मन्त्रालयको जिम्मेवारी दिइएको थियो । अब कानुन मन्त्रालयको जिम्मेवारी पनि थपिएको छ ।
Facebook Comments Box