बाँकेको राप्तीपारि क्षेत्रअन्तर्गत नरैनापुर गाउँपालिकामा आगलागी हुँदा १० वटा घर जलेका छन् ।
आगलागीबाट २५ लाख रुपैयाँ बराबरको नोक्सानी भएको प्रहरीले जनाएको छ । हिजो बेलुका नरैनापुर गाउँपालिका–३ गेग्ली गाउँमा आगलागी हुँदा पाँच वटा घर जलेर पूर्णरूपमा नष्ट भएको इलाका प्रहरी कार्यालय भगवानपुरका प्रमुख प्रहरी निरीक्षक राजन रायमाझीले बताउनुभयो ।
उहाँका अनुसार दुई वटा घरमा आंशिक क्षति पुगेको छ । यसैगरी, नरैनापुर गाउँपालिका–३ को जनतापुरमा आगलागी हुँदा तीन घर र एक गोठमा क्षति पुगेको छ । त्यहाँ झण्डै १५ लाख रुपैयाँ बराबरको क्षति भएको छ । स्थानीय बासिन्दा र प्रहरीको संयुक्त प्रयासबाट आगो निभाइएको छ ।
Facebook Comments Box