धनगढीः धनगढीको दशरथ भीम उद्यान ‘लभपार्क’ बन्द गरिएको छ। धनगढी उपमहानगरले पार्कमा ताला लगाएर बन्द गरेको हो।
पार्कलाई २०६७ चैत २५ मा सार्वजनिक निजी साझेदारी अन्तर्गत स्वाँर कन्स्ट्रक्सनलाई १२ वर्षे ठेक्का सम्झौतामा दिइएको थियो। ठेकेदार कम्पनीका प्रतिनिधि ऋषिकेश श्रेष्ठले सञ्चालन गर्दै आएको पार्कको २०७६ चैतदेखि उपमहानगरले सम्झौताअनुसार पाउनुपर्ने रकम पाएको छैन।
यस्तै कम्पनीले धनगढी उपमहानगरको नाममा अदालतमा मुद्दा हालेको छ भने सम्झौता मिति समाप्त हुँदा पनि पार्क छोडेको छैन। त्यसैलै उपमहानगरले पार्कलाई नियन्त्रणमा लिएको जनाएको छ।
Facebook Comments Box