काठमाण्डाै – इन्डियन प्रिमियर लिग (आईपीएल) क्रिकेटमा राेयल च्यालेन्जर्स बेङ्गलाेरले पन्जाब किङ्ग्सलाई हराएकाे छ ।
आज बिहीवार माेहालीमा भएकाे खेलमा बेङ्गलाेरले घरेलु टाेलीलाई २४ रनले हरायाे । बेङ्गलाेरले दिएकाे एक सय ७५ रनकाे लक्ष्य पछ्याएकाे पन्जाब १८ ओभर २ बलमा अलआउट भयाे । उसका प्रभसिमरन सिंहले सर्वाधिक ४६ रन बनाए । यस्तै जितेश शर्माले ४१ रन बनाए । बेङ्गलाेरका माेहम्मद सिराजले चार र वानिन्दु हसरङ्गाले दुई विकेट लिए ।
यसअघि टस हारेर ब्याटिङ गरेकाे बेङ्गलाेरले निर्धारित २० ओभरमा चार विकेट गुमाएर एक सय ७४ रन बनायाे । उसका फाफ डु प्लेसिसले ८४ र विराट काेहलीले ५९ रन बनाए । पन्जाबका हरप्रित ब्रारले दुई विकेट लिए ।
याे जितसँगै बेङ्गलाेर छ खेलमा छ अङ्कसहित तालिकाकाे पाँचाैँ स्थानमा उक्लिएकाे छ । पन्जाब उति नै अङ्कसहित साताैँ स्थानमा छ ।
आजकाे खेलमा बेङ्गलाेरकाे नेतृत्व विराट कोहलीले गरेका थिए । नियमित कप्तान फाफ डु प्लेसिस पूर्णरूपमा फिट नभएपछि पूर्वकप्तान कोहलीले टाेलीकाे नेतृत्व गरेका हुन् । विराट काेहलीले यसअघि सन् २०२१ अक्टाेबर ११ मा टिमकाे कप्तानी गरेका थिए ।