काठमाडौं: राष्ट्रिय आविस्कार केन्द्रका प्रमुख महावीर पुनले नेपालमा आविष्कारको पक्षमा बृहत् जनआन्दोलन हुनुपर्ने विचार प्रकट गरेका छन् । हालै नेपाली विद्युतिय सवारी उत्पादक ‘यात्री’लाई सरकारले दर्ता असहयोग गरेपछि विदेश पलायन भएको समाचार आएपछि पुनले यस्तो बताएका हुन् ।
उनले आविस्कारको पक्षको बृहत् जनआन्दोलनको नेतृत्व गर्न आफु तयार रहेको बताएका छन् । उनले सामाजिक संजाल ट्विटरमा लेखेका छन्, ‘अनुसन्धान, नबप्रबर्तन र आविष्कारको लागी बृहत जनआन्दोलन गरौँ । नेपालमा बनेको विद्युतीय मोटर साइकल यात्रीलाई सरकार बाट अनुमति दिलाऔं । यात्री मोटर साइकल एउटा उदाहरण हो र यस्ता धेरै चिजहरु बनेका छन् । काठमाडौँ उपत्यका बाट बृहत आन्दोलन सुरु गरौँ । त्यसको नेतृत्व मैले गर्ने छु ।’
Facebook Comments Box