काठमाडौं – संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री प्रेमबहादुर आलेले आफुले मन्त्रालय सम्हालेदेखि ग्राउन्डेड भएर बसेका जहाजहरुलाई आकाशमा उडाउने काम गरेको बताएका छन् ।
काठमाडौंमा आज भएको एक कार्यक्रममा मन्त्री आलेले नागरिकको सेवा गर्नु आफ्नो दायित्व भएको बताउदै अब हरेक दिन नेपाल वायुसेवाका जहाजमार्फत काठमाडौँ–दिल्लीमा दुई वटा उडान गरिने बताएका छन् ।
दिल्लीमा हरेक दिन दुई वटा उडान गर्न लागिएको बताउदै बैंककमा हप्तामा दुई वटा र साउदी अरेबियाको रियादमा हप्तामा तीन वटा उडान भर्ने गरी प्रक्रिया अगाडि बढाएको जानकारी दिए ।
मन्त्री आलेले चैत ७ गतेदेखि मुम्बईमा हप्ताको तीन वटा र चैत ११ गतेदेखि बेङ्लोरमा पनि हप्तामा तीन वजटा उडान भरिएको जानकारी दिए ।
Facebook Comments Box