काठमाडौं – आजदेखि काठमाडौंमा पाँचौँ नेपाल अन्तर्राष्ट्रिय चलचित्र महोत्सव (निफ) हुँदैछ ।
२१ चैतसम्म चल्ने महोत्सव राष्ट्रिय सभागृह र पर्यटन बोर्डको हलमा हुने भएको छ । गत वर्ष चौथो नेपाल अन्तर्राष्ट्रिय चलचित्र महोत्सव कोरोनाको कारण अन्तिम समयमा आएर भर्चुअलमा गरिएकोमा यस पटक भौतिक उपस्थितिमा हुन लागेको हो ।
३८ देशका ८९ वटा चलचित्रबीच प्रतिस्पर्धा हुने निफ अध्यक्ष केपी पाठकका जानकारी दिए । ५५ देशका ५ सय चलचित्रबाट छनिएका चलचित्र पक्कै पनि राम्रा होलान भन्ने लाग्छु उनले भने, त्यसैले राम्रा र स्तरीय चलचित्र प्रेमी दर्शकहरुका लागि यो अवसर हो ।
राष्ट्रिय तथा अन्तराष्ट्रिय लामा, छोटा चलचित्र, डकुमेन्ट्री तथा एनिमेटेड चलचित्रहरुको ७ वटा विधाको प्रतिष्पर्धामा १४ वटा पुरस्कार वितरण जनाइएको छ।
Facebook Comments Box