धनुषा: साढे ७ लाख बढी नक्कली नेपाली नोटसहित एक महिला प्रक्राउ परेकी छिन्। नक्कली नोट राखेको भन्ने शंकाका आधारमा खोजतलास गर्दा धनुषाको विदेह नगरपालिका–६ बस्ने २५ वर्षीया अनुकुमारी साहलाई पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय धनुषाले जनाएको छ।
प्रहरीका अनुसार साहलाई ७ लाख ७१ हजार ५ सय बराबरको नक्कली नोटसहित नियन्त्रणमा लिइएको हो।
उनको साथबाट एक हजार दरको नक्कली नोट ४ सय ९२ थान र ५ सयको नक्कली नोट ५ सय ५९ थान बरामद गरिएको छ। जनकपुरधामस्थित जिरोमाइलबाट खटिएको गस्ती टोलीले शंका लागि चेकजाँच गर्ने क्रममा उनको झोलाबाट नक्कली नोट बरामद गरिएको हो।
Facebook Comments Box