काठमाडौं – आसन्न स्थानीय तह निर्वाचनमा सबै मतगणनास्थलमा सीसीटीभी जडान हुने भएको छ ।
निर्वाचन आयोगले बिहीबार आयोजना गरेको पत्रकार सम्मेलनमा मतगणना स्थलको हकमा सबै ठाउँमा सीसीटीभीको व्यवस्था गराइने जानकारी दिएको हो ।
सीसीटीभी स्थानीय तहले राख्ने र आयोगले मनिटरिङ गर्नेछ ।
यस्तै, निर्वाचनका लागि २ करोड मतपत्र छापिने जनाउँदै आयोगले आज आयुक्तहरुले प्रेसको अनुगमन गरेको समेत जनाएको छ । छपाई आजैबाट सुरु हुने छ ।
Facebook Comments Box