बैतडी: बैतडीमा ५ बर्ष मुनिका बालबालिकाहरुलाई विद्यालयमा भर्ना गर्दा खोप कार्ड अनिवार्य गरिएको छ। राष्ट्रिय खोप तालिका अनुसार बालबालिकाहरुले खोप लाए/नलाएको जानकारी हुने भएकाले विद्यालय भर्ना गर्दा खोप कार्ड अनिवार्य गर्न विद्यालयहरुलाई आग्रह गरिएको स्वास्थ्य कार्यालय बैतडीका प्रमुख योगेशप्रसाद भट्टले जानकारी दिए।
जिल्ला खोप समन्वय समितिको बैठकले विद्यालयमा बालबालिकाहरुलाई भर्ना खोप कार्ड अनिवार्य गर्ने गरेको स्वास्थ्य प्रमुख भट्टले जानकारी दिए।
राष्ट्रिय खोप तालिका अनुसार बालबालिकाहरुलाई विभिन्न रोग विरुद्ध निशुल्क खोप दिने गरेको छ। त्यस्ता खोपबाट कोही पनि बालबालिका नछुटुन भनेर खोजपडताल अभियान समेत सञ्चालन गर्ने निर्णय भएको स्वास्थ्य प्रमुख भट्टले बताए।
Facebook Comments Box