बैतडी: बैतडीमा बालिकामाथि बलात्कारको आरोपमा ७० बर्षीय वृद्ध पक्राउ परेका छन्। जिल्लाको पाटन नगरपालिका-१ बस्ने बस्ने एक वृद्धलाई बलात्कारको आरोपमा पक्राउ गरिएको इलाका प्रहरी कार्यालय पाटनका प्रमुख कमल चौधरीले बताए।
आरोपित र पीडित बालिकाको थर एउटै भएकाले नाम सार्वजनीक गर्ने नमिल्ने प्रहरीले जनाएको छ। बोल्न नसक्ने ती बालिकामाथि पुस महिनामा बलात्कार भएको बुझिएको छ।
बालिकालाई कसैलाई जानकारी गराए ज्यान मार्ने धम्की समेत दिएका ले ढिलोगरि घटना सार्वजनिक भएको बताइएको छ।
घटनापछि बालिकालाई सुधपुक्ष गर्दा उनले ती वृद्धतिर संकेत गरेकी थिइन्। त्यसपछि आमाले दिएको जाहेरी अनुसार पक्राउ गरी वृद्धलाई अनुसन्धानका लागि इलाका प्रहरी कार्यालय पाटनमा राखिएको छ।
Facebook Comments Box