बाजुरा: बाजुराको बुढीगंगा नगरपालिकाकाे बाम्काबाट खप्तड छेडेदह गाउँपालिका–४ गुदुखाती जादै गरेको ट्याक्टरबाट खसेर एकजनाको ज्यान गएको छ। बिहीबार साँझ भएको दुर्घटनामा सोही वडाका अन्दाजी ३१ वर्षीय खम्मबहादुर रावतको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय बाजुराले जनाएको छ।
बाम्का बजारबाट सामान लिएर जादै गरेको सु प प्र ०१–००१ त ४९७२ नम्बरको ट्याक्टरमा चढ्ने बेलामा खसेर ट्याक्टरको टायरमा च्यापिएर उनको मृत्यु भएको बाजुराका प्रहरी नायब उपरीक्षक कविन्द्रसिंह बोहराले जानकारी दिएका छन्।
ट्याक्टर चालक प्रहरीले नियन्त्रणमा लिएको छ।
Facebook Comments Box