काठमाडौं: महानगरपालिकाका नगर प्रमुख (मेयर) बालेन्द्र शाहले विद्यालयमा राजनीति गर्नु अपराध भएको बताएका छन् ।
महानगरको शिक्षा शाखामा राजनीतिक दल निकट विद्यार्थी संगठनले लगाएको ताला तोडेर मेयर शाहले विद्यालयमा राजनीति गर्ने कुरा कल्पना पनि गर्न नसकिने जनाएका छन्।
शाहले ताला तोडिएको भिडियो फेसबूकमा राख्दै लेखेका छन्, ‘विद्यालय पढ्ने ठाउँ हो । हामी विद्यालयमा राजनीति गर्ने कुरा कल्पनासम्म गर्न सक्दैनौं । त्यसमाथि पनि दलगत शैक्षिक संगठनको आडमा विद्यालयमा राजनीति गर्नु अपराध नै हो।
यसै सन्दर्भमा काठमाडौं महानगरपालिकाले विद्यालयमा राजनीतिक गतिविधि बर्जित गरिएको सूचनाको विरोध गर्दै एक अमुक दलगत शैक्षिक संगठनले गरेको ताला लगाउने दुष्प्रयास यथाशीघ्र ताला फेरेर विफल पारेको छौं।’
Facebook Comments Box