काठमाडौं: कपनको सरस्वतीनगरीस्थित निरु किचनकी सञ्चालक निरा पाण्डे आचार्य (निरु) को हत्यामा संलग्न रहेको आशंकामा एक जना पक्राउ परेका छन्। प्रकरणको अनुसन्धानका लागि गठित छानबिन समितिले झापाबाट विनोद विकलाई पक्राउ गरेको हो।
आरोपीको विस्तृत विवरण खुलिसकेको छैन। ७ वैशाखमा पसलमा दिनदहाडै छुरा प्रहार गरेर पाण्डेको हत्या भएको थियो।
Facebook Comments Box