काठमाडौं: राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) सभापति रवि लामिछानेलाई संसदीय दलको नेता बनाउने तयारी भएको छ।
दलको नेता रहेका उपसभापति डोलप्रसाद अर्यालले संसदीय दलको नेताबाट राजीनामा दिएका छन्। अब सभापति लामिछाने दलको नेता बन्नेछन्।
शनिवार बसेको संसदीय दलको बैठकमा अर्यालले संसदीय दलका उपनेता विराजभक्त श्रेष्ठसमक्ष राजीनामा बुझाएका हुन्। पार्टी संसदीय दलको बैठक सोमवार बसेर पार्टी सभापति लामिछानेलाई संसदीय दलको नेता चयन गर्ने तयारी भएको छ।
Facebook Comments Box