बाजुरा: बाजुराको ढम्कने र हिमालीमा केन्द्रबिन्दु भएर शुक्रबार राति गएको भूकम्पका कारण जिल्लाका १ सय ५६ भन्दा बढी घरमा क्षति भएको छ।
जगन्नाथ गाउँपालिकमा ५७ घर, हिमाली गाउँपालिका– २ का २८, बुढीनन्दा–३ मा २१, त्रिवेणी नगरपालिका–२ सिम्लामा ३९ घर र त्रिवेणी नगरपालिका–१ छताराका वटा ४ घरमा क्षति भएको नेपाल रेडक्रस सोसाइटी बाजुरा शाखाका मन्त्री टंकप्रसाद न्यौपानेले जानकारी दिए।
हिमाली गाउँपालिका वडा नं १ विच्छ्याँका खड्क थापाको घर भत्केको छ। उनको परिवार अहिले छिमेकी बलेन्द्र थापाको घरमा बसेका छन् । बिच्छ्याँ मावि, बुढीनन्दा नगरपलिका वडा नं–२ कोल्टीका धु्रवराज रेग्मीको घर पूर्ण रूपमा क्षति हुँदा उनको परिवार आफन्तको घरमा बसेका छन्। बुढीगंगा नगरपािलका वडा नं ४ बानेगाउँका पद्मा सार्कीको दुईतले घर पूर्ण रूपमा क्षति भएको बताइएको छ।
त्यसै गरी हिमाली–५ बछ्यामा मन्दिर भत्केको स्थानीय उमेश भण्डारीले जानकारी दिए। बिहीबार राति गएको भूकम्पले मानवीय क्षति भने नभएको तर घर संरचना भत्केको विवरण प्राप्त भइरहेको जिल्ला प्रहरी कार्यालय बाजुराले जानकारी दिएको छ।