काठमाडौँ: राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछाने प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डलाई भेट्न बालुवाटार पुगेका छन्।
प्रधानमन्त्री प्रचण्डले लामिछानेलाई फेरि सांसद् निर्वाचित भएर आएकोमा बधाइ दिएका छन्। यसअघि उनले फोनमार्फत् बधाइ दिँदै सत्ता सहकार्यको प्रस्ताव राखेका थिए।
आज पनि लामिछानेसँग सोही विषयमा प्रधानमन्त्री प्रचण्डले छलफल गरेको सचिवालयका एक सदस्यले बताएका छन्।
Facebook Comments Box