काठमाडौँ – काठमाडौँमा जारी एसीसी मेन्स प्रिमियर कपमा फाइनलमा युएईलाई हराउँदै नेपाल एसिया कपमा छनोट भएको छ ।
अपराजित रूपमा च्यापियन बनेको नेपालले टियु मैदानमा भएको फाइनल खेलमा युएईलाई ७ विकेटले पराजित गरेको हो ।
पाकिस्तानले आयोजना गर्ने एसिया कप सेप्टेम्बरमा हुनेछ। एसिया कपमा नेपालले विश्व क्रिकेटका बलिया टोली भारत र पाकिस्तानसँग खेल्ने मौका पाउनेछ।
एसिया कपमा पाकिस्तान, भारत र नेपाल समूह ए मा हुनेछन्। समूह बी मा बंगलादेश, श्रीलंका र अफगानिस्तान छन्। नेपाल दोस्रो पटक एसिया कपका लागि छनोट भएको हो। नेपाल यसअघि सन् २००२ मा एसिया कपका लागि छनोट भएको थियो।
सिंगापुरमा भएको एसीसी ट्रफीको फाइनलमा पुग्दै नेपाल एसिया कपका लागि छनोट भएको थियो। त्यो समयमा भारत र पाकिस्तानको कार्गिल युद्ध चलिरहेका कारण एसिया कप हुन सकेन।
Facebook Comments Box