काठमाडौं – नेपाल कम्युनिष्ट पार्टीका महासचिव नेत्र विक्रम चन्द विप्लव र नागरिक उन्मुक्ति पार्टीका संरक्षक रेशम चौधरीबीच भेटघाट भएको छ । जेलमा रहेका चौधरीसँग कुराकानी गर्न महासचिव विप्लव सदरखोर डिल्लीबजार पुगेका हुन् ।
भेटमा उनीहरुबीच मुलुकको समसामयिक राजनीतिक परिस्थितिबारे केहीबेर छलफल भएको बताइएको छ ।
चौधरीले राज्यले आफूमाथि अन्याय गरेको र सत्ताधारी राजनीतिक दलका प्रवृत्तिका कारण मुलुक संकटमा फसेको उल्लेख गरेका थिए । जवाफमा विप्लवले चौधरीमाथिको राज्यको रवैया गैरन्यायिक भएकाले आफ्नो पार्टीले उनको रिहाईको निम्ति पहल गर्ने उल्लेख गरेको स्रोतको दाबी छ ।
उनीहरुबीच दुई पार्टीका साझा विषयमा सहकार्य गरेर अघि बढ्न सकिने विषयमा पनि छलफल भएको विप्लव सचिवालयले जनाएको छ । विप्लवसँगै पार्टी नेताहरु अनिल सी, दर्शन सी र अडिग सी पनि डिल्लीबजार पुगेका थिए ।
Facebook Comments Box