काठमाडौं: सर्भियाको राजधानी बेलग्रेडस्थित एक प्राथमिक स्कुलमा गोली ९ जनाको मृत्यु भएको छ भने ७ जना घाइते भएका छन् ।
एक नाबालिगले आफ्नै स्कुलमा गोली चलाउँदा आठ जना विद्यार्थी र एकजना सुरक्षा गार्डको मृत्यु भएको बीबीसीले जनाएको छ । ६ जना विद्यार्थी र एकजना शिक्षक घाइते भएका छन् ।
गोली चलाउने व्यक्ति १३ वर्षीय नाबालिग रहेको प्रहरीले जनाएको छ । उनले आक्रमणको योजना पहिलेदेखि बनाएको र क-कसलाई मार्ने भनेर सूची तयार पारेको प्रहरीको भनाइ छ । उनलाई प्रहरीले पक्राउ गरेको छ ।
घटनापछि राष्ट्रपति एलेक्जेन्डर बुसिकले तीन दिन शोकको घोषणा गरेका छन् ।
Facebook Comments Box