काठमाडौँ – प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ शीतल निवास पुगेका छन् ।
राष्ट्रपति रामचन्द्र पौडेललाई भेट्न प्रचण्ड शीतल निवास पुगेका हुन् । नयाँ दिल्लीबाट उपचार गरेर आएपछि प्रधानमन्त्रीले पहिलो पटक भेटका लागि शीतल निवास पुगेका हुन् ।
राष्ट्रपति पौडेल अहिले शीतल निवासमै स्वास्थ्य लाभ गरिरहेका छन् । उनले यसअघि राजनीतिक तथा व्यक्तिगत भेटघाट रोकेका थिए ।
पौडेल यही आइतबार राति नेपाल एयरलाइन्सको नियमित उडानबाट स्वदेश फर्किएका थिए । त्यसयता चिकित्सकको सल्लाहअनुसार उनी आराम गरिरहेका छन् ।
Facebook Comments Box