काठमाडौँ – काठमाडौँ जिल्ला अदालतले एमाले सचिव टोपबहादुर रायमाझीका छोरा सन्दीपलाई ३ दिन हिरासतमा राखेर अनुसन्धान गर्न अनुमति दिएको छ ।
नक्कली भुटानी शरणार्थी बनाएर नेपालीलाई अमेरिका पठाउने गरेको अरोपमा मुछिएका सन्दीपलाई प्रहरीले बिहीबार अदालतमा उपस्थित गराएर ३ दिनको म्याद दिएको हो ।प्रहरीले सन्दीपलाई बुधबार बुटवलबाट पक्राउ गरेको थियो ।
बिहीबार बिहान हवाई जहाजबाट काठमाडौँ ल्याउनसाथ प्रहरीले उनलाई म्याद लिनका लागि अदालतमा उपस्थित गराएको थियो ।
Facebook Comments Box