काठमाडौं – प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ भेट्न र नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली सिंहदरबार पुगेका छन् ।
दुई नेताबीच भएको भेटमा संवैधानिक परिषदको बैठक, समसामयिक राजनीति लगायतका विषयमा कुराकानी भएको हो ।
ओलीका स्वकीय सचिव राजेश बज्राचार्यका अनुसार भेटमा एमाले अध्यक्ष ओलीले सरकारले स्थानीय तहको बजेट कटौती गरेकामा प्रधानमन्त्रीको ध्यानाकर्षण गराएका छन् । एमाले सचिव रायमाझीविरुद्ध पक्राउ पूर्जि जारी भएपछि भएको यो भेटलाई निकै अर्थपूर्ण तरिकाले हेरिएको छ ।
Facebook Comments Box