काठमाडौं – प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड र राष्ट्रपति रामचन्द्र पौडेलबीच शिष्टाचार भेटवार्ता भएको छ । राष्ट्रपति पौडेल भेट्न प्रधानमन्त्री दाहाल मध्यान्ह साढे १२ बजे शीतल निवास पुगेका हुन् ।
राष्ट्रपति पौडेल र प्रधानमन्त्री प्रचण्डबीच दिउँसो १ बजेसम्म कुराकानी भएको बताइन्छ । राष्ट्रपति भारतको राजधानी नयाँ दिल्लीमा उपचार गरेर फर्केपछि पहिलो पटक प्रधानमन्त्री शीतल निवास पुगेका हुन् ।
Facebook Comments Box