धनगढी – नेपालका लागि अमेरिकी राजदूत डीन आर थम्पसनले सुदूरपश्चिम प्रदेशका भौतिक पूर्वाधार विकासमन्त्री प्रकाश देउवासँग हिजो भेट गरे।
हिजो धनगढीमा उनीहरुले भेटवार्ता गरेका हुन्। प्रदेश सरकारको भौतिक पूर्वाधार मन्त्रालयमा भएको भेटघाटमा सुदूरपश्चिम प्रदेशको स्वास्थ्य, शिक्षा, कृषि, पर्यटन र भौतिक पूर्वाधार विकासबारे छलफल भएको मन्त्रालयले जनाएको छ। राजदूत थम्पसनले अन्तरप्रदेशको सम्बन्ध, सुदूरपश्चिम विकासमा पछाडि पर्नुको कारणबारे चासो राखेको बताइएको छ।
Facebook Comments Box