काठमाडौं: आज राष्ट्रिय स्वतन्त्र पार्टी सरकारमा जाने/नजाने भनेर छलफल गर्दैैछ।
साँझ ५ बजे पार्टी कार्यालय बसुन्धरामा बस्ने केन्द्रीय समिति र संसदीय दलको बैठकमा सरकारमा सहभागी हुने विषयबारे छलफल गर्ने कार्यसूची रहेको सहप्रवक्ता कविन्द्र बुर्लाकोटीले जानकारी दिए।
गत सोमबार पनि रास्वपाको केन्द्रीय समिति र पार्टी संसदीय दलको बैठक बसेको थियो। बैठकमा पार्टी सभापति रवि लामिछानेले प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले सरकारमा आउन प्रस्ताव गरेको ब्रिफिङ गरेका थिए।
लामिछानेले केन्द्रीय कमिटी सदस्य र सांसदहरूसँग पनि राय मागेका थिए।
आजको बैठकले सरकारमा सहभागी हुने या प्रतिपक्षमा बस्ने निर्णय गर्ने केन्द्रीय सदस्यहरूले बताएका छन्।
Facebook Comments Box