धनगढीः अमेरिकी राजदूत थम्पसनले शुक्लाफाँटाको भ्रमण गरेका छन्। आज नेपालका लागि अमेरिकी राजदूत थम्पसनले शुक्लाफाँटा राष्ट्रिय निकुञ्जको भ्रमण गरेका हुन्।
भ्रमणपछि उनले भारत र नेपालमा रहेको ५० हजार कालो हरिणहरूमध्ये नेपालमा ३२८ मात्रै रहेको र हरिण संरक्षणमा सहयोग गर्ने जनाएका छन्।
राजदूत थम्पसनसँग युएसएआइडीका निर्देशक, सेपिडे केभन्शाड पनि भ्रमणमा थिए। कालो हरिण संरक्षणमा सहयोग पुर्याउन जैविक विविधता गतिविधिहरू अवलोकन गर्न शुक्लाफाँटा राष्ट्रिय निकुञ्जको गरिएको उनीहरुको जिकिर छ।
Facebook Comments Box