दार्चुला- दार्चुला हिमपहिरोमा परी मृत्यु भएकाहरूको शव तीन दिनपछि सदरमुकाम खलंगा ल्याइएको छ।
तीन जनाको शव ब्यास गाउँपालिका–१ छाङरुबाट बिहीबार भारतीय बाटो हुँदै शुक्रबार सदरमुकाम खलंगा ल्याइएको जिल्ला प्रहरी कार्यालय दार्चुलाका सूचना अधिकारी ज्ञानेन्द्रबहादुर सिंहले बताए।
भारतीय तावाघाट–लिपुलक जोड्ने सडकखण्डको नज्याङ क्षेत्रमा सडक माथिबाट पहिरो खस्दा अवरोध भएको उनले बताए। शव साँझ साढे ६ बजे सदरमुकाम खलंगा ल्याइपु¥याइएको हो,’ उनले भने, ‘पोस्टमार्टमपछि आफन्तहरूको जिम्मा लगाइने छ।’ अहिले शवलाई अस्तालमा राखिएको छ।
मंगलबार हिमपहिरोमा बेपत्ता भएका ५ जनामध्ये तीन जनाको शव बुधबार फेला परेको थियो।
दार्चुलाको दुहुँ गाउँपालिका–४ की ३८ वर्षीया कमला कुँवर, उनका १८ वर्षीय छोरा प्रविण कुँवर र डोटीको जोरायल गाउँपालिका–२ बुडरकी ४५ वर्षीया नक्नी डोमा थापाको शव सदरमुकाम ल्याइएको हो। हिमपहिरोमा परेर बेपत्ता भएका डोटीको जोरायल गाउँपालिका–२ बुडरकी २८ वर्षीया ईश्वरी थापा र १५ वर्षीया क्षिमी सोमो थापाको अवस्था अझै पनि अज्ञात छ।