धनगढीः कञ्चनपुरको बेलडाँडीका निवर्तमान अध्यक्षको लडेर ज्यान गएको छ। बेलडाँडी गाउँपालिकाका निवर्तमान अध्यक्ष धनबहादुर थापा क्षेत्रीको आइतबार बिहान निधन भएको छ।
नेकपा एमालेका सुदूरपश्चिम प्रदेश कमिटी सदस्यसमेत रहेका ७२ वर्षीय थापाको बेलडाँडीस्थित आफ्नै निवासमा निधन भएको हो।
एमालेका बेलडाँडी गाउँपालिका इन्चार्ज अक्कल विष्टका अनुसार नेपालगञ्जबाट फोक्सोको क्यान्सरको उपचार गरी थापा दुई दिन अघि मात्रै घर फर्केका थिए। आज बिहान ७ बजेतिर हातमुख धुन हेन्डपम्पमा गएका बेला बोमिट भएर त्यहीँ ढलेका थिए।
२०४८ सालदेखि एमालेमा आवद्ध थापा ०५४ सालमा पहिलो पटक तत्कालिन बेलडाँडी गाउँ विकास समितिको अध्यक्ष भएका थिए।
०७४ सालको पहिलो स्थानीय तह चुनावमा एमालेका तर्फबाट पालिका अध्यक्षमा विजयी भएका थिए। थापाका दुई छोरा र श्रीमती छन्।
Facebook Comments Box