काठमाडौं – प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले अहिले मुलुकको अर्थतन्त्र समस्यामा भए पनि चिन्ताजनक अवस्थामा नरहेको बताएका छन् ।
‘नेपाल व्यवसाय शिखर सम्मेलन-२०२३’ कार्यक्रममा प्रधानमन्त्री दाहालले गत वर्षदेखि मुलुकको अर्थतन्त्र संकटमा जाने लागेको भनेर आतंक सिर्जना भएकोमा अहिले सुधारका प्रयास चालिरहेकाले त्यो बिस्तारै कम हुँदै गएको बताएका हुन् ।
“नेपालको अर्थतन्त्र श्रीलंका जस्तो टाट पल्टिन लाग्यो भनेर गतवर्ष जुन आतंक सिर्जना भएको थियो, अहिले त्यो आतंक त्यति छैन । हामी अहिले श्रीलंकाको उदाहरण दिँदैनौं”, प्रधानमन्त्री दाहालले भन्नुभयो, “अर्थतन्त्रको समस्या गम्भीर छ । तर हामी आतंकित हुनुपर्ने अवस्था छैन । यसलाई कसरी सहज तुल्याउने भन्नेतर्फ सरकार केन्द्रित छ ।”
Facebook Comments Box