काठमाडौं- नेकपा (एकीकृत समाजवादी)का अध्यक्ष माधवकुमार नेपालले सरकार नक्कली भुटानी शरणार्थी बनाएर अमेरिका पठाउने कार्यमा सङ्लग्न दोषीलाई कारबाही गर्न खुट्टा कमाउनु नहुने बताएका छन् ।
विराटनगर विमानस्थलमा आज सञ्चारकर्मीसंँग संक्षिप्त कुराकानी गर्दै नेपालले यसमा सहभागी साना ठूला सबैलाई कारबाही गर्नुपर्नेमा जोड दिए ।
“सरकारले घटनामा सङ्लग्न दोषीलाई बचाउन आउने उच्च दबाब सामू कुनै पनि हालतमा झुक्नु हुदैन ।”नेपालले भने ।
Facebook Comments Box