महेन्द्रनगर – परराष्ट्र मन्त्री माननीय डा. नारायण प्रकाश साउद हिजो वेस्टमिन्स्टर एबेमा आयोजित महामहिम राजा चार्ल्स तृतीय र महारानी क्यामिलाको राज्याभिषेक समारोहमा सहभागी भए।
शनिबार बेलायती राजा चार्ल्स तृतीय र रानी क्यामिलाको राज्याभिषेक कार्यक्रममा सहभागी भएका परराष्ट्रमन्त्री साउदले उच्चस्तरीय भेटवार्ता गरेका हुन् ।
राजा चार्ल्स तृतीयद्वारा विश्वका विभिन्न मुलुकबाट आएका आफ्ना पाहुनाहरूको सम्मानमा बकिङ्घम दरबारमा आयोजना गरिएको रात्रि भोजमा परराष्ट्रमन्त्री साउदले बेलायती राजा चार्ल्स तृतीय, राजपरिवारका अन्य सदस्य र प्रधानमन्त्री ऋषि सुनकलगायतसँग भेटवार्ता गरेको बेलायतस्थित नेपाली दूतावासले जारी गरेको विज्ञप्तिमा उल्लेख छ ।
तस्वीर:
Facebook Comments Box