काठमाडौँ – नेपाली काँग्रेसकी सांसद आरजु राणाले सबै सांसदको सम्पत्ति विवरण स्रोतसहित वेबसाइटमा राख्ने प्रस्ताव गरेकी छन् ।
आइतबार प्रतिनिधि सभाको बैठकमा आकस्मिक समयमा बोल्दै उनले यस्तो माग गरेकी हुन् ।
‘हामी जति सांसद छौँ, जहिलेदेखि बनेका छौँ, सबैको सम्पत्ति विवरण प्रकाशित होस् । हाम्रो वेबसाइटमा राखियोस् । जनताले देखोस्’ उनले थपेकी छन्, ‘कसको के थियो कहिले थियो कसको बढ्यो कसको घट्यो के स्रोत हो ?’
आरोपका लागि आरोप लगाउने गरी भ्रष्टाचारको विषय उठाउने र अर्को व्यक्ति उपर आरोप लगाउने कार्य मात्रै गरेर समस्याको समाधान नहुने उनको भनाइ छ ।
Facebook Comments Box