धनगढी – कैलालीमा दुई वटा मोटरसाइकल एकआपसमा जुध्दा तीन जना घाइते भएका छन ।
पूर्वपश्चिम राजमार्ग अन्तरगत गौरीगंगा नगरपालिका–३ को कुचैनीमा आइतबार ४ बजेतिर सुपप्र०१००८प६२२९ र सुपप्र०१००९प१५९० नम्बरको मोटरसाइकल आपसमा ठोेक्किएको प्रहरीले जनाएको छ ।
सुदूरपश्चिम प्रदेश ट्राफिक प्रहरी कार्यालय अत्तरियाकाअनुसार दुुर्घटना ६२२९ नम्बरको मोटरसाइकल चालक गौरीगंगा नगरपालिका–३ का २६ वर्षीय जगत राना र अर्को मोटरसाइकलका चालक गोदावरी–२ बस्ने ३३ वर्षीय महेश विष्ट तथा पछाडी सवार २९ वर्षीय नारायणदत्त खत्री घाइते छन् ।
उनीहरुको हात,खुट्टा र मुखमा चोट लागेको भएपनि अवस्था खतरामुक्त छ । तीनै जनाको स्थानीय स्वास्थ्य संस्थामा उपचार भइरहेको छ ।
Facebook Comments Box