महेन्द्रनगर – सरकारले कैलाली र कञ्चनपुर सीमा नाकामा बनाएका सुविधासम्पन्न होल्डिङ सेन्टर सञ्चालनबारे अध्ययन थाल्यो थालेको छ ।
धनगढी उप–महानगरपालिका–३ र भीमदत्त नगरपालिका–१८ मा एक/एक हजार शय्याका होल्डिङ सेन्टर निर्माण भएको लामो समय बितिसक्दा पनि प्रयोगहिन भएपछि सेन्टर सञ्चालनका लागि मन्त्रालयका सहसचिवको नेतृत्वमा अध्ययन टोली बनेर अध्ययन थालिएको हो ।
जिल्ला प्रशासन कार्यालय कञ्चनपुरका प्रमुख जिल्ला अधिकारी गोपालप्रसाद अर्यालका अनुसार ‘एक हजार क्षमताको संरचनाको ३० प्रतिशत सेन्टरकै रूपमा र बाँकी लागूऔषध दुव्र्यसनीमा फसेकाका लागि पुनःस्थापन केन्द्र, क्षयरोग उपचार केन्द्र, विशेष सुरक्षा प्रहरीलाई पनि राख्न सकिने सुझाव दिइएको छ।
संघीय सरकारले नेपाली सेनामार्फत २०७८ सालमा धनगढी र गड्डाचौकी नाकामा होल्डिङ सेन्टर निर्माण गरेको थियो। त्यसका लागि ललितपुरको हनुमान कन्स्ट्रक्सन कम्पनीलाई एकै डिजाइनमा बनाउने गरी ठेक्का दिइएको थियो। नाकामा परीक्षण गरेर संक्रमण देखिएकालाई क्वारेन्टाइनमा नराखी सिधै घर पठाउँदा गाउँसम्म संक्रमण फैलिएपछि रोकथाम गर्न सेन्टर स्थापना गरिएको हो। तर दुबै सेन्टर प्रयोगमा छैनन्।
कार्यविधि र सञ्चालन खर्चको अन्योलले सेन्टर सञ्चालनमा आउन सकेको छैन्।