कालीकोट- बलात्कार आरोपितलाई पक्राउ गर्न गएका प्रहरीमाथि ढुंगामुढा भएको छ। सोमबार बिहान पलाँता गाउँपालिका–६ सैनमा प्रहरी सहायक निरीक्षकको नेतृत्वमा गएको प्रहरी टोलीमाथि आरोपितका आफन्तले ढुंगामुढा गरेका हुन्।
सोही ठाउँका ३१ वर्षीय संक बुढालाई पक्राउ गर्न जाँदा उनका आफन्तले प्रहरीमाथि ढुंगामुढा गरेका हुन्।
सोमबार बिहान ४ बजेतिर प्रहरी उनलाई पक्राउ गर्न गाउँमा पुगेको कर्णाली प्रदेश प्रहरी कार्यालयका प्रवक्ता वरिष्ठ प्रहरी उपरीक्षक माधव काफ्लेले जानकारी दिए।
‘स्थानीयले प्रहरीमाथि ढुंगा हानेका छन्, आरोपित हत्कडीसहित फरार भएका छन्,’ उनले भने, ‘जिल्ला सदरमुकामबाट ४ घण्टा गाडीमा गएर पनि ६ घण्टा हिँड्नुपर्ने ठाउँ हो, भागेकालाई खोज्न समय लाग्ने भएको छ।’
Facebook Comments Box