काठमाडौं: रुकुम पूर्वमा गाई काटेको अभियोगमा तीनजना पक्राउ परेका छन् ।
पक्राउ पर्नेमा भूमे गाउँपालिका-२ का ४४ वर्षका रानवीर कामी, भूमे-३ का ५९ वर्षका सम्पती रोका र उनकी पत्नी ५७ वर्षीय विनसरी रोका रहेका छन्।
भूमे गाउँपालिका-६ स्थित खाराबाङ (लुकुम खोला पारिपट्टी) गोठको छेउमा गाई मारेर मासु काट्दै गर्दा उनीहरुलाई पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय रुकुम(पूर्व)का प्रहरी निरीक्षक गनेश पाण्डेले जानकारी दिए।
सोधपुछका क्रममा उनीहरुले मासुका लागि लडेर मरेको गाई काटेर बताएका छन्।
गाई नेपालको राष्ट्रिय जनावर हो। राष्ट्रिय जनावर मार्नेलाई तीन वर्षको कैद सजाय हुने कानुनी व्यवस्था छ।
Facebook Comments Box