कञ्चनपुर- बेलौरी नगरपालिका–५ ले सडकमा निर्माण गरिएका भौतिक संरचनामाथि जेसिबी चलाएको छ। सोमबार वडा कार्यालयले रिङरोड अन्तर्गत रामनगर चोकदेखि जडिबुटी चोकसम्मको करिब डेढ किलोमिटर सडकमा बनेका अवैध भौतिक संरचना माथि जेसिबी चलाएको हो।
’वडा कार्यालयले भौतिक संरचना हटाउन ०७९ फागुनमा अन्तिम सुचना जारी गरेको थियो,’ वडा अध्यक्ष लालबहादुर चौधरीले भने, ‘त्यतिबेला ११ वटा घर आफै हटाए, नहटाएका दुई घर र एक मन्दिरमा वडा कार्यालयले जेसिबी चलाएको हो।’
Facebook Comments Box