काठमाडौँ – दार्चुलाको हिम पहिरोमा पुरिएर बेपत्ता भएका थप एक जनाको शव भेटिएको छ । ब्यास गाउँपालिकामा हिमपहिरोमा बेपत्तामध्ये ईश्वरी थापाको शव भेटिएको प्रहरीले जानकारी दिएको छ ।
२८ वर्षीया ईश्वरी डोटीको जोरायल गाउँपालिका–२ की स्थानीय हुन् । यसअघि सो ठाउँमा ३ जनाको शव भेटिएको थियो ।
व्यास गाउँपालिका–१ मा आज हिमपहिरोमा परी सम्र्पकबिहीन रहेका पाँच जनामध्ये दुई महिला र एक पुरुषको शव फेला पारेको छ । मङ्गलबारदेखि हिमपहिरोमा परी सम्पर्कबिहीन रहेका यार्सा सङ्कलकमध्ये सात जनाको सशस्त्र प्रहरीले उद्धार गरेको थियो भने पाँचजना सम्पर्कबिहीन थिए । गत मंगलबार अपराह्न दार्चुलाको व्याँस गाउँपालिका-१ बोलिनमा हिमपहिरो गएको थियो ।
Facebook Comments Box