काठमाडौँ – राष्ट्रिय सभा सदस्य प्रकाश पन्थले नेता र कर्मचारीहरूको सम्पत्ति छानबिन गर्न माग गरेका छन् ।
मङ्गलवार बसेको राष्ट्रिय सभाको बैठकमा उनले यस्तो माग गरेका हुन् ।
पन्थले हालसम्मका सबै प्रधानमन्त्री, मन्त्री र सांसद, कर्मचारीहरूको सम्पत्ति छानबिन गर्न माग गरेका हुन् ।
उनले भ्रष्टाचारविरुद्ध कडा एक्सन सुरु गर्न पनि आग्रह गर्दै उनले सदाचारको नीति प्रधानमन्त्री कार्यालयबाट नै प्रारम्भ गर्न र आर्थिक मन्दीको समयमा तलबबाहेकका सबै सुविधा कटौती गर्न माग गरेका छन्।
Facebook Comments Box