बझाङ: बझाङको जयपृथ्वी राजमार्ग अन्तर्गत बित्थडचिर गाउँपालिका-६ को चिसापानीमा एम्बुलेन्सको ठक्करबाट मोटरसाइकल चालकको मृत्यु भएको छ।
एकै दिशातर्फ गइरहेका एम्बुलेन्स र मोटरसाइकल एकआपसमा ठोक्किँदा मोटरसाइकल चालकको मृत्यु भएको हो।
देउलेखबाट सुनकुडा तर्फ गइरहेका देउलेख प्राथमिक स्वास्थ्य चौकीको सु.प.प्र ०१-०११ झ ३६१ नम्बरको एम्बुलेन्स र से ५ च २४२० नम्बरको मोटरसाइकल उच्छिन्ने क्रममा दुर्घटना हुँदा मोटरसाइकल चालक २२ वर्षीय गोविन्द महरको मृत्यु भएको प्रहरीले जनाएको छ।
घाइते भएका महरको उपचारको लागि डडेल्धुरा लग्दै गर्दा बाटोमै मृत्यु भएको हो। एम्बुलेन्स चालकलाई प्रहरीले नियन्त्रणमा लिएको छ।
Facebook Comments Box