धनगढीः कञ्चनपुमा ४ लाख ३९ हजार एक सय रुपैँया बराबरका अवैध सामान बरामद गरिएको छ। भीमदत्त नगरपालिका– ४ बाट भन्सार छलिका तरकारी, लेडिज कपडा, आलु, प्याज, २ थान मोटरसाईकल, १ थान स्कुटर र ३ थान साइकल बरामद गरिएको कञ्चनपुर प्रहरीले जनाएको छ।
बरामद गरिएका सामानसहित ५ जनालाई आवश्यक कारवाहीका लागि भन्सार कार्यलय गड्डाचौकी पठाइएको कञ्चनपुर प्रहरीले बताएको छ।
Facebook Comments Box