नाइजेरिया – नाइजेरियाको उत्तरपश्चिमी सोकोतो राज्यस्थित एक नदीमा डुङ्गा पल्टिँदा १५ जना बालबालिकाको डुबेर मृत्यु भएको छ । घटनामा अन्य २५ जना बेपत्ता भएको बताइएको छ ।
शागारी जिल्लाका राजनीतिक प्रशासक अलियु अबुबकरले ती बालबालिका मंगलबार शागारी नदीको पारिपट्टिको झाडीमा दाउरा टिप्न जाँदै गर्दा डुङ्गा पल्टिएको जानकारी दिए ।
“१३ बालिका र दुई बालकगरी १५ जनाको शव स्थानीय उद्धार टोलीले निकालेको छ र गाउँमा पुरिएको छ,” उद्धार कार्यको अनुगमन गरिरहेका अबुबकरले भने ।
Facebook Comments Box