काठमाडौं: भारतको जम्मु कश्मीरमा भारतीय सुरक्षा बल र आतंकवादी समूहबीच भएको झडपमा दुई सैनिकको ज्यान गएको छ। घटनामा अन्य दुई सैनिक घाइते भएको भारतीय सञ्चारमाध्यमले जनाएका छन्।
नाइट कर्प्सका नायक सुबेदार विपिन कुमार र सिपाही अरविन्द सिंह मारिएको र घाइते सैनिकको उपचार भइरहेको बताइएको छ। भारतीय सेनाका अनुसार चत्रु बेल्टको नैदधाम क्षेत्रमा जैश–ए–मोहम्मदका तीन आंतककारीहरु लुकेर बसेको सूचनापछि खोज अभियान थाल्ने क्रममा मुठभेड भएको हो ।
जम्मु कश्मीरमा विधानसभा चुनावको पहिलो चरणअन्तर्गत आगामी बुधबार मतदान हुँदैछ। डोडामा आयोजित जनसभालाई प्रधानमन्त्री नरेन्द्र मोदीले सम्बोधन गर्नुअघि भिडन्त भएको हो।
Facebook Comments Box