काठमाडौँ: पाकिस्तानमा पूर्वप्रधानमन्त्री इमरान खान पक्राउ परेपछि देशभर हिंसा भड्किएको छ। देशभर पाकिस्तान तेहरिक-ए-इन्साफ(पीटीआई)का कार्यकर्ता प्रदर्शन र आगजनीमा उत्रिएका छन्। पछिल्ला केही दिनका हिंसामा कम्तीमा १० जना मारिएको बीबीसीले जनाएको छ।
पूर्वप्रधानमन्त्री खानपछि पीटीआईका नेताहरूलाई पनि गिरफ्तार गरिएको छ । बीबीसी उर्दूका अनुसार पीटीआईका नेता तथा पूर्वविदेशमन्त्री शाह महमूद कुरैशीलाई पनि पक्राउ गरिएको छ। कुरैशीलाई बुधबार पक्राउ गरिएको हो।
इस्लामाबाद प्रहरीले खानलाई अल कादिर ट्रस्टको मामिलामा पक्राउ गरेको हो ।
Facebook Comments Box