डडेल्धुरा: डडेल्धुराको आलिताल गाउँपालिकाको विगत ३ महिनादेखि गाडीको अस्पताल अर्थात ग्यारेजमा थन्किएको छ। आर्थिक वर्ष ०७४/०७५ मा गाउँपालिकाले खरिद गरेको एम्बुलेन्स मर्मत नभएर ३ महिनादेखि धनगढीको नेपाल अटो टेडर्समा थन्किएको हो।
पालिकाभित्र संचालनमा रहेका दुई वटा एम्बुलेन्स मध्ये पालिकाको वडा नम्बर ३,४,५,६,७ र ८ का बिरामी बोक्न प्रयोग गरिने एम्बुलेन्स यतिबेला आफै बिरामी भएको छ। जसका कारण त्यहाँका बिरामीले समस्या भोग्नुपरेको छ।
एम्बुलेन्सको मर्मत खर्चको लागत करिब ४ लाख ५० हजार देखिएको अवस्थामा त्यत्रो रकम पालिकासँग नभकाले थन्किएको गाउँपालिका अध्यक्ष शेर सिंह पार्कीले बताए।
सरकारको नियमानुसार सो एम्बुलेन्सको कूल मूल्यको ५० प्रतिशतभन्दा कम मूल्यमा मात्रै मर्मत गर्नुपर्ने प्रावधान भएकाले मर्मत गर्न सम्भव नभएको उनले बताए। ‘अब हामीले त्यो एम्बुलेन्सलाई लिलामी गरेर आउदो आर्थिक वर्षमा नयाँ खरिद प्रक्रिया अगाडि बढाउने योजना बनाएका छौं’ उनले भने।
आलितालले अहिले एक सूचना जारी गर्दै जटिल, गर्भवती, सर्पदशं तथा गम्भिर प्रकृतिका बिरामीहरुलाई एम्बुलेन्स सेवा सुचारु नहुँदासम्म अन्य गाडीको व्यवस्था गरि सेवा लिन अनुरोध गरेको छ। सो गडीको खर्चको बिल भपाई अनुसार पालिकाले भुक्तानी दिने समेत आलिताल गाउँपालिकाले बताएको छ।
1 Comment
नयाँ गाडी लिने पैसा हुन्छ तर ४.५ लाख खर्च गरेर मर्मत गर्न नहुने ? नेपालमा जसले जे गरे पनि हुने ? त्यसै लुट्न सके लुट कान्छा ।