काठमाडौं – सार्वजनिक खरिद अनुगमन कार्यालयले एक भारतीयसहित ६ निमार्ण व्यवसायी तथा आपुर्तिकतालाई कालोसूचीमा राखेको छ।
कार्यालयले सार्वजनिक सूचना जारी गर्दै टीबीइए इनर्जी९भारत० प्राइभेट लिमिटेडलाई तीन वर्ष र चिराग कन्स्ट्रक्सन गोरखा, कर्णाली विल्डर्स, जनकपुरधाम, फैजल एन्ड अफजल कन्स्ट्रक्सन रौतहट, कशुलदेव निर्माण सेवा, रसुवा र तितुङ कन्स्ट्रक्सन प्रा।लि। काठमाडौँलाई एक वर्षका लागि कालो सूचीमा राखेको हो ।
कालो सूचीमा राखिएका कम्पनीहरूले (आज) सोमबार देखि नै कालो सूचीमा राखिएको अवधिभर सार्वजनिक निकायको कुनै पनि खरिद कारबाहीमा भाग लिन पाउने छैनन् ।
Facebook Comments Box