लाहोर: पाकिस्तान तेहरिक–ए–इन्साफ पार्टीका प्रमुख इमरान खान दुई दिन हिरासतमा रहेपछि शनिबार बिहान लाहोरस्थित आफ्नो घर पुगेका छन्। इस्लामाबाद उच्च अदालतले शुक्रबार अल-कादिर ट्रस्ट मुद्दामा पाकिस्तानका पूर्व प्रधानमन्त्री इमरान खानलाई दुई हप्ताको लागि अन्तरिम जमानत दिएको थियो।
इमरान खान भ्रष्टाचारको आरोपमा पक्राउ परेपछि पाकिस्तानभर हिंसाका घटनाहरू भइरहेका छन्।
Facebook Comments Box