काठमाडौं – नक्कली भुटानी शरणार्थी प्रकरणमा नेपाली कांग्रेसका पूर्व सांसद आङतावा शेर्पाविरुद्ध पनि पक्राउ पुर्जी जारी भएको छ।
शेर्पाले जिल्लाका विभिन्न व्यक्तिहरूलाई अमेरिका पठाइदिने भन्दै रकम असुलेको र यो प्रकरण सार्वजनिक भएपछि आरोपी सानु भण्डारीलाई थुनामा नै गएर भेटेको आरोप छ ।
शेर्पा सो घटना सार्वजनिक भए पछि मोबाइल अफ गरी फरार भएका छन्। उनको प्रहरीले शुक्रबारदेखि खोजी गरे पनि अझैसम्म फेला पार्न सकेको छैन।
सो प्रकरणमा पक्राउ परेका सानु भण्डारी र केशव दुलाललाई भेटघाट गरी खाणको नाम नलिन उनले अनुरोध गरेको यसअघि सार्वजनिक भएको थियो।
Facebook Comments Box