धनगढी: कैलालीमा लागुऔषधसहित एक युवा समातिएका छन् । हिजो राति लम्कीचुहा नगरपालिका-९ प्रतापपुरबाट लागुऔषध (खैरो हिरोइन) सहित उनी समातिएका हुन् ।
उनको नाम प्रहरीले खुलाएको छैन । उनको साथबाट दुई सय मिलिग्राम लागुऔषध बरामद गरिएको थियो । अहिले प्रहरीले जिल्ला अदालतबाट म्याद थप गरी अनुसन्धान गरिरहेको जनाएको छ ।
Facebook Comments Box